नेपाल लाइफ इन्स्योरेन्सले ५१ प्रतिशत बोनस घोषणा गरे पनि विक्रि चाप बढेन, किन्ने भन्दा बेच्ने धेरै

काठमाण्डौ । हिजो मात्र बम्वर लाभांश घोषण गरेको नेपाल लाइफ इन्स्योरेन्सको बुधवार शेयर कारोवारमा उच्च चाप आउने अनुमान धेरैको थियो । अहिले सम्मकै धेरै बोनस घोणा गरेको कम्पनीको बुधवार तुलनात्मक रुपमा सेयर कारोवार हुन सकेको छैन ।

दश प्रतिशत सम्मको सकारात्मक सर्किट लागेर कारोवार हुने अुनमान गरिए पनि त्यस अनुसार बजार बढ्न सकिरहेको छैन । यो समाचार तयार पार्दा सम्म सो कम्पनीको शेयर ८१ हजार भन्दा धेरै विक्रि गर्ने कित्ता शेयर छन भने २१ हजार खरिद गर्ने छन ।

बुधवार यो कम्पनीको १ सय १४ रुपैयाँ शेयर मूल्य बढेको छ । कम्पनीले मंगलबार मात्र ५१ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय