गाडी बोक्ने जिउँदा इतिहास घलानको निधन

हेटौंडा —सडक निर्माण नहुँदै गाडी बोकेर काठमाडौं ल्याउने हिराबहादुर घलानको मृत्यु भएको छ । गाडी बोकेर काठमाडौं ल्याउने मध्येका मकवानपुरको थाहा नगरपालिका–५ पुरन्डीका बासिन्दा घलानको ९१ वर्षको उमेरमा हिजो राती निधन भएको हो ।

त्रिभुवन राजपथ बन्नुअघि घलानको समूहले भीमफेदीबाट गाडी बोकेर काठमाडौं ल्याएका थिए । घलान पक्षघात रोगबाट पीडित थिए ।

गाडी बोक्ने अरुकोे यसअघि नै निधन भइसकेको छ । घलानले १८ वर्षको उमेरदेखि गाडी बोक्न सुरु गरेका थिए । घलानले लगातार २५ वर्ष भीमफेदीबाट गाडी बोकेर काठमाडौं पु¥याए । त्यही कमाइले पुरन्डीमा ३० रोपनी जग्गा जोडेका थिए । घलानका दुई छोरा र तीन छोरी छन् ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय