काठमाडौं –नेपाल कम्युनिष्ट पार्टी विभाजन भएर छुटछुट्टै भेला आयोजना थालेपछि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरले संगठन विस्तार सुरु गरेका छन् । पार्टीको संस्थापन आफ्नो पक्षमा पार्ने दाउले आफ्नो ढंगले सांगठनिक गतिविधि सुरु गरेका हुन् ।
ओली समूहले सातै प्रदेशमा कार्यकर्ता प्रशिक्षण गर्नका लागि केन्द्रीय नेतालाई जिम्मेवारी तोकेर भेला सुरु गरेको छ । आगामि २०६८ मंसिर २मा महाधिवेशनको मिति तोकेको ओली समूहले आज देशभर प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । सात वटै प्रदेशमा केन्द्रीय नेतालाई जिम्मेवारी दिइएको छ ।
नेकपा ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार प्रदेश नं. १ मा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्बाहाम्फे , प्रदेश नं २ मा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो जिम्मेवारी दिइएको छ ।
त्यसैगरी, वागमती प्रदेशमा ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल, गण्डकी प्रदेशमा टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेल, लुम्बिनी प्रदेशमा विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटा, कर्णाली प्रदेशमा शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्यलाई जिम्मेवारी तोकिएको छ । त्यसैगरी, सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे रहेका छन् ।