काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी साधारण सभा बोलाएको छ ।
पुस २९ गते आहवान गरिएको साधारण सभामा लगानीकर्तालाई लाभांश भने घोषणा गरिएको छैन । कम्पनीको यो पाँचौ बार्षिक साधारण सभा हो ,
साधारण सभामा कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षण प्रतिवेदन पारित गर्ने प्रस्ताव पारित गर्ने भएको छ। साथै कम्पनीले चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव राखेको छ।
त्यस्तै संस्थागत शेयरधनीको तर्फबाट सरकारी बाहेकको एक जना र सर्वसाधारण शेयरधनीको तर्फबाट १ जना गरी २ जनजा सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत सभामा लैजादै छ।