महासंघको एकाधिकार खोसियो, सिएनआई र चेम्बरले पनि उत्पत्तिको प्रमाण पत्र जारी गर्ने

काठमाडौं–नेपाप उद्योग वाणिज्य महासंघले जारी गर्दै आएको वस्तु उत्पत्ति जारीको प्रमाण पत्र अब अर्का दुई निजी क्षेत्रका संस्थाले पनि जारी गर्न पाउने भएका छन् ।

‘उत्पत्तिको प्रमाणपत्र जारी गर्नेसम्बन्धी कार्यविधि २०७७’ अनुसार नेपाल उद्योग परिसंघ (सिएनआई) र नेपाल चेम्बर अफ कमर्शले पनि उत्पतिको प्रमाणपत्र जारी गर्ने अधिकार दिइएको छ । यसले महासंघलाई ठूलो धक्का लागेको छ । महासंघकी अध्यक्ष भवानी राणाले लविङ गरेर रोकेर राखेको भए पनि शेखर गोल्छा अध्यक्ष हुनसाथ कार्यविधि पास भएर दुई संस्थालाई अधिकार दिएको छ । यसले गत महिना अध्यक्षको पद सम्हालेका गोल्छालाई झड्का लागेको छ ।

नयाँ कार्यविधिले महासंघको एकाधिकार तोडिएको छ । भारततर्फको निकासीमा उत्पतिको प्रमाणपत्र जारी गर्ने अधिकार महासंघ सँगै सिएनआई र चेम्बरले पनि पाउने भएका छन् ।

उत्पत्तिको प्रमाणपत्र आफूहरुले पनि जारी गर्न पाउनुपर्ने माग गर्दै दुई संस्थाले लविङ गर्दै आएका थिए । चेम्बर र सिएनआईले पनि निकासीमा उत्पतिको प्रमाणपत्र जारी गर्न पाउने व्यवस्था भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

उत्पतिको प्रमाणपत्र जारी गर्न अनुमति प्राप्त संस्थाले निर्यातकर्ताले पेश गरेको बीजक मूल्यको आधारमा प्रति सयको नौ पैसाको दरले सेवा शुल्क लिन पाउने व्यवस्था छ ।

प्रतिक्रिया