वाणिज्य बैंकहरु पुँजी बढाउँदै

काठमाडौं– वाणिज्य बैंकहरुले धमाधम पुँजी बढाएका छन् । शेयर सदस्यलाई वितरण गर्ने लाभांशमा बोनश सेयर प्रदान गरेर पूँजी बढाउने रणनीति बनाएका छन् ।

२५ वाणिज्य बैंकले गत वर्षको मुनाफा तथा जगेडा कोषबाट २९ अर्ब ४३ करोड रुपैयाँको बोनस शेयर गर्दैछ । यसले बैंकको पूँजी बढाउन सघाउँछ ।
गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्ने क्रममा बैंकहरुले औसतमा १४.१९ प्रतिशत लाभांश वितरण गर्दा बोनस सेयरमात्रै ११.३५ प्रतिशत रहेको छ ।

हाल लाभांश घोषणा गर्ने २५ वाणिज्य बैंकको चुक्ता पुँजी २ खर्ब ६३ अर्ब रुपैयाँ रहेको छ । चार वर्षअघि नेपाल राष्ट्र बैंकले पुँजी वृद्धि योजना सार्वजनिक गरेपछि बैंकहरुले तीन वर्षसम्म बोनस शेयर तथा हकप्रद शेयरमार्फत् पुँजी बढाएका थिए ।

बोनस शेयर र नगद लाभांशमार्फत् बैंकहरुले शेयरधनीहरुलाई ३८ अर्ब २३ करोड रुपैयाँ दिँदैछन् । बैंकहरुले गत आर्थिक वर्षमा २६ वटा वाणिज्य बैंकहरुले ५४ अर्बभन्दा माथिको नाफा आर्जन गरेका थिए ।

प्रतिक्रिया