पुरानै लयमा फर्कियो बजार,करिव सात अर्वको कारोवार

काठमाण्डौ । राजनीतिक उतार चडाव विच आइतवार शतकले घटेको शेयर बजार मंगलबारबाट पुरानै लयमा फर्किएको छ ।

मंगलबार नेप्से करिव ९६ अंकले बृद्धिहुँदै बजार बन्द भएको छ । नेप्से अलटाई हाइ रेकर्ड कायम गर्ने लयमा छ । प्रधानमन्त्री ओली संसद् विघटन गर्ने घोषणाले आत्तिएका लगानीकर्ताहरु अहिले भने सम्हालिएका छन ।

आज कारोवार भएका २ सय पाँच कम्पनीहरु मध्य १ सय ५९ कम्पनीका शेयर धनीहरुले कमाएका छन भने आठ कम्पनीका शेयर धनिहरुले गुमाएका छन । साथै ८ कम्पनीका शेयर मूल्य यथावत रहेका छन ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आज सबै भन्दा धेरै कारोवार भएको छ । मंगलबार ११ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लेवलमा कारोवार भएको छ । नेप्से २ हजार ६१ विन्दुमा पुगेर बजार बन्द भएको छ भने अधिकांस सूचकमा हरियो पोतिएको छ ।

प्रतिक्रिया