काठमाण्डौ । आइतवार करिव सतकले घटेको नेप्से सोमवार भने केहि सुधार आएको छ । सोमवार नेप्से करिव 30 अंकले बृद्धिहुँदै बजार बन्द भएको छ ।
नेपालमा भएको राजनीतिक परिर्वतनसँगै त्यसको असर शेयर बजारमा समेत परेको छ । आज दिनैभरी नेप्सेले गज्जवको माहोल सिर्जना गर्यो । छोटो समयमै दोहोरो अंकले घटेको नेप्से फेरी केहि समयमै उकालो लाग्ने शिशिला पुरै बजार खुल्ला रहने अवधिभर कायम रह्यो ।
नेप्सेमा आएको करेक्सन आए पनि आज कारोवार भने घटेको छ । आइतवार करिव दश अर्व हाराहारीमा कारोवार भएको बजारमा सोमवार घटेर सात अर्व हाराहारीमा आइपुग्यो । आज बजारमा २ सय भन्दा धेरै कम्पनीको शेयर कारोवार भएको छ । आज कारोवार भएका करिव १०० कम्पनीहरुको शेयर मूल्य बढेको छ ।