काठमाडौं–अपि पावर कम्पनी लिमिटेडले १३ लाख ४६ हजार २१८ कित्ता शेयरमा लिलामी खोलेको छ ।
शेयरमा न्यूनतम मूल्य प्रति शेयर १०० रुपैयाँ वा सो भन्दा बढी तोकेर शिलबन्दी बोलपत्र पेश गर्न सकिने अपीले जनाएको छ ।
शेयरमा न्यूनतम १०० कित्ता वा सो भन्दा बढी १० ले भागजाने गरी वा सबै कित्ताका लागि आवेदन गर्न सकिने व्यवस्था मिलाएको सद्धार्थ क्यापिटलले जनाएको छ ।
हकप्रदमा अवितरित सर्वसाधारण समूहतर्फको हकप्रद शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको जनाएको छ । शेयर खरिद गर्न चाहाने पुस १३ गतेसम्म बैंकिङ्ग समय भित्र गोप्य शिलबन्दी पेश गर्न सक्ने जनाएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध सिद्धार्थ क्यापिटल रहेको छ ।
कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा पुस ५ गते प्रतिकित्ता २३२ रुपैयाँमा कारोबार भएको छ ।