राजनितिक तरङ्गसँगै नेप्सेमा सतकको पहिरो,कारोबार ९ अर्व माथी

काठमाडौं । नेपाली राजनितिको असर शेयर बजारले नराम्रोसँग भोग्न परेको छ । आज नेप्सेमा ठुलो पहिरो मात्र गएको छैन । धेरै लगानीकर्ताहरुले करोडौं गुमाएका छन ।

कारोवारको पहिलो दिने नेप्से करिव ९७ अंकले घटेको छ तर सकारात्क पक्ष के छ भने आज कारोवार रकम भने ९ अर्व माथी पुगेको छ । बजारमा शेयर कारोवार भएका कम्पनीहरु मध्य केवल ८ कम्पनीको शेयर मूल्य मात्र बढेको छ भने १ सय ६५ कम्पनीहरुको शेयर मूल्य घटेको छ ।

जानकारहरुका अनुसार नेपाली राजनितिक तरङ्गसँगै नेप्सेमा यो गिरावट आएको भनाई छ ।

प्रतिक्रिया