युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावरको दोस्रो बजारमा कारोवार सुरु,कतिमा भयो त पहिलो कारोवार ?

काठमाण्डौ । युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावरको दोस्रो बजारमा कारोवार सुरु भएको छ । आज आइतवार स्पेशल प्रिओपनिङ सेसनमा यसको कारोवार भएको हो ।

ब्रोकर नम्वर ८ बाट कम्पनीको दश कित्ता शेयर २ सय ९६ रुपैयाँमा कारोवार भएको हो ।

त्यसको लागी कम्पनीलाई करिव ९९ रुपैया देखि २९६ रुपैया ३७ पैसा सूरुवाती मूल्य तोकिएको छ । यहि मूल्यमा आइतवार कारोवार भए औपचारिक रुपमा यो दोस्रो बजारमा कारोवारको लागी बाटो खुल्ने छ ।

कम्पनीको शेयरलाई नेप्सेले युएमआरएच कारोबार संकेत प्रदान गरेको छ । कम्पनीले मंसिर २ गतेदेखि ७ गतेसम्ममा बिक्रीमा ल्याएको मध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ भने १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ८ लाख १२ हजार ७३६ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरीएको थियो ।

प्रतिक्रिया