सर्वोच्च बारमा कांग्रेस निकट शाक्य अध्यक्षमा विजयी

काठमाडौं– सर्वोच्च अदालत बार एशोसिएसनको अध्यक्षमा नेपाली कांग्रेस निकट वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य विजयी भएका छन् । नयाँ कार्यसमितिका लागि शनिबार सम्पन्न निर्वाचनमा प्रगतिशिल समूहका रविनारायण खनाललाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूह वरिष्ठ अविधक्ता खनाल र वृहत लोकतान्त्रिक समावेशी (मेधेशी, आदिवासी, जनजाती) पेशागत कानून व्यवासायी समूह शाक्यको नेतृतवमा चुनावी मैदानमा उत्रिएको थियो ।

कार्यसमितिमा पदाधिकारीसहित बहुमत सदस्य लोकतान्त्रिक समूहबाट विजयी भएका छन् । उपाध्यक्षमा भने प्रगतिशिल समूहका मुकुन्द प्रसाद पौडेल, सचिवमा लोकतान्त्रिक समूहका ऋषिराम घिमिरे, सहसचिव शर्मिला श्रेष्ठ र कोषाध्यक्षमा विनोदकुमार कार्की निर्वाचित भएका छन्।

त्यस्तै, महिला सदस्यमा अमिता गौतम पौडेल र सदस्यहरूमा अनन्त कार्की, अनन्तराज लुईँटेल, तिलकविक्रम पाण्डे, दिपनारायण शाह, विकास भट्टराई, राजेन्द्र प्रसाद शाह, मिराज श्रेष्ठ, डा. रामहरी त्रिपाठी र निर्मला भण्डारी निर्वाचित भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय