युनाईटेड इदी मार्दीको शेयर नेप्सेमा सूचीकृत, आइतबार कारोवार हुँदा कति पाउला मूल्य ?

काठमाण्डौ-केहि समय पहिला आइपिओ सार्वजनिक गरि बाँडफाँड भएको युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको शेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ४२ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचिकृत भएसँगै आइतवारबाट कम्पनीले दोस्रो बजारमा कारोवार गर्ने छ । त्यसको लागी कम्पनीलाई करिव ९९ रुपैया देखि २९६ रुपैया ३७ पैसा सूरुवाती मूल्य तोकिएको छ । यहि मूल्यमा आइतवार कारोवार भए औपचारिक रुपमा यो दोस्रो बजारमा कारोवारको लागी बाटो खुल्ने छ ।

कम्पनीको शेयरलाई नेप्सेले युएमआरएच कारोबार संकेत प्रदान गरेको छ । कम्पनीले मंसिर २ गतेदेखि ७ गतेसम्ममा बिक्रीमा ल्याएको मध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ भने १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ८ लाख १२ हजार ७३६ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरीएको थियो ।

प्रतिक्रिया