काठमाडौं । प्रेम र विछोडको मार्मिक कथा बोकेको गीत 'दुई किनारा' भर्खरै सार्वजनिक भएको छ। गायक खेम सेञ्चुरी र सुनिता बुढाको आवाजमा रहेको यो गीतले छोटो समयमै श्रोताहरूको मन जित्न सफल भएको छ।
गीतको शब्द नेत्र अर्यालले रचना गरेका छन भने लयकारी खेम सेञ्चुरी स्वयंले तयार पारेका छन। गीतको संगीत संयोजन विनोद बाजुरालीले गरेका छन। यसका साथै गीतको म्यूजिक भिडियोले पनि दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको छ।
म्यूजिक भिडियोको निर्देशन युवा निर्देशक सुनिल विकले गरेका छन। गीतमा ओवी रायमाझीले मुख्य भूमिकामा जिवन्त अभिनय गरेकी छिन् भने उनलाई अश्विनी शाही, विराज बास्कोटा, देव घिमिरे लगायतका कलाकारले साथ दिएका छन।
गीतको डिजिटल बजार व्यवस्थापन शुभारम्भ डिजिटलले गरेको छ। अडियो र भिडियो दुवैमा उत्कृष्ट काम गरिएको यो गीतले साङ्गीतिक क्षेत्रमा नयाँ मानक स्थापित गरेको छ।