काठमाण्डौ-प्रभु लाइफ इन्स्योरेन्सले सार्वजनिक गरेको ५४ लाख कित्ता शेयरको लागी दश लाख ४४ हजार भन्दा धेरैको आवेदन परेको छ ।
ब्यवस्थापनको काम गरिरहेको सिद्धार्थ क्यापिटलले दिएको जानकारी अनुसार यो संख्या भेरिफाई गर्ने समय सम्मा घट्ने वा बड्न पनि सक्ने छ । भौतिक रुपमा आवेदन परेका कतिपय आवेदनहरु रुजु गर्नु पर्ने हुन्छ त्यसको लागी केहि समय लाग्न सक्ने छ ।
इन्स्योरेन्सको विहीवार आवेदन दिन अन्तिम दिन थियो । अन्तिम समय सम्म अहिले सम्मकै धेरै आवेदकबाट २ करोड ७७ लाख शेयरको लागि आवेदन परेको छ । यो करिव ६ गुणा बढि आवेदन हो ।
आर्थिक सन्देशको जिज्ञासामा अहिले आवेदन भेरिफाई गर्ने काम भइरहेको बताउदै सिद्धार्थ क्यापिटलले अबको एक हप्ता भित्रमा प्रिअलोटमेन्ट गर्ने गरि काम भइरहेको जानकारी प्राप्त भएको छ ।
एक हप्ता भित्र रुजु गर्ने काम सकेर अर्को अप्ता भित्र दर्ता प्रक्रियामा पुगी सक्ने क्यापिटलको भनाई छ ।