काठमाण्डौ । विदेशी रियालिटो सो होस या प्रतियोगितात्मक सो । नेपालीहरुले आफ्नो सनसनीपुर्ण उपस्थिति जनाइरहेका छन ।
यसै विच विश्व प्रसिद्ध बीबीसी मास्टर सेफमा सहभागी भएर चर्चामा आएका सन्तोष शाह सबैको मन जित्दै उत्कृष्ट तीनमा पुग्न सफल भए । नेपाली खानाको स्वाद विश्वलाई चखाउदै उनले उत्कृष्ट तीनको स्थान सम्म पुगेर नेपालको परिचय थप दरविलो बनाएका छन ।
भर्खर सम्पन्न नयाँ कार्यक्रमबाट उनी उत्कृष्ट तीनबाटै बाहिरीन परेको छ । उनी उपाधि जित्न चुके पनि धेरैको मन भने जितेका छन । बिहीबार बेलुका भएको बीबीसी वानमा प्रसारित अन्तिम प्रतिस्पर्धामा सन्तोष र अर्का एक प्रतियोगीलाई पछि पार्दै बेलायतकै २५ वर्षीय आलेक्स वेबले उपाधि हात पारेका छन् ।
बीबीसीसँग कुरा गर्दै सन्तोषले आफू उपविजेतामा सीमित भए पनि दुःखी भने नभएको प्रतिक्रिया दिएका छन् । उनले आफु यो स्थानसम्म आउनु पनि गर्वको कुरा भएको र आफुलाई हौषला र सहयोग गर्ने सबै प्रति धन्यवाद ब्यक्त गरे ।