अर्घाखाँची कांग्रेसको उत्कृष्ट जिल्ला

काठमाडौं–नेपाली कांग्रेसका ७७ जिल्ला मध्ये अर्घाखाँची कार्यसम्पादनमा उत्कृष्ट देखिएको छ । क्रियाशिल सदस्यतामा अर्घाखाँचीले केन्द्रीय समितिको निर्देशनलाई पूर्ण पालन गरेको छ । मंसिर मसान्तभित्र क्रियाशील सदस्यहरुको नामावली केन्द्रमा पठाउन नेपाली कांग्रेस केन्द्रले दिएको निर्देशनलाई पूर्ण कार्यान्वयन गरेको छ ।

मुलुकका ७६जिल्लाले क्रियाशिल सदस्यता नवीकरण गरेर पठाएका छैनन् । तर, अर्घाखाँचीले केन्द्रले दिएको जिम्मेवारी पूरा गरेको छ । गत कात्तिक २८ गतेको कांग्रेस केन्द्रीय समितिको बैठकले नयाँ तथा नवीकरण गर्नुपर्ने क्रियाशील सदस्यहरुको सूची मंसिर मसान्त भित्र पठाउन निर्देशन दिएको थियो ।

अर्घाखाँची जिल्ला समितिले पार्टीको निर्देशन पूर्ण कार्यान्वयन गरेर आफ्नो उत्कृष्टता प्रस्तुत गरेको हो । नेपाली कांग्रेसले फागुन ७ का लागि तय भएको कांग्रेसको १४ औं महाधिवेशन तोकेको थियो । तोकिएको समयमा महाधिवेशन हुने देखिएको छैन । समयमा महाधिवेशन नहुने भएपछि जिल्लाले पनि क्रियाशिल सदस्यताको नवीकरण र नयाँ सदस्यताको विवरण केन्द्रमा पठाएका छैनन् ।

प्रतिक्रिया