काठमाडौं–जलविद्युत् कम्पनीहरुले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गर्दै आएका छन् । दोलखामा २५ मेगावाट क्षमताको सिंगटी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको सिंगटी हाइड्रो इनर्जी लिमिटेडले पनि आईपीओ जारी गर्ने तयारी गरेको छ ।
सिंगटीले ४३ लाख ५० हजार कित्ता आईपीओ (४२ करोड ५० लाख रुपैयाँ बराबराको) जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । अनुमति माग गरेर बोर्डको स्वीकृतिका लागि सिंगटीले प्रतिक्षा गरिरहेको छ । सिंगटीले गत वर्षको भदौमा नै आवेदन दिएको थियो ।
आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १४ लाख ५० हजार कित्ता र सर्वसाधारणका लागि २९ लाख कित्ता शेयर आईपीओ निष्कासन गर्ने कम्पनले जनाएको छ । केयर रेटिङ नेपालले यस आईपीओलाई ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यस आईपीओ बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट लिमिटेडलेरहेको छ ।