काठमाण्डौ । सातै भरि नेप्सेमा रौनक नआएको यो हप्ता आज अन्तिम दिन विहिवार पनि २२ अंक भन्दा धेरैले नेप्से गिरेको छ ।
धेरैले नेप्सेले यो हप्ता अल टाईम किर्तिमानी गर्ने अनुमान गरेका थिए तर अनुमान विपरित नेप्से २ हजार ३२ विन्दुमा आएर यो हप्ताको बजार बन्द भएको हो ।
शेयर बजारमा आज १ सय ९५ कम्पनीहरुको कारोवार भएको थियो । कारोवार भएका कम्पनी मध्य एक सय १७ कम्पनीहरुको शेयर मूल्य घट्यो भने ४५ कम्पनीहरुको सेयर मूल्य बढ्यो । यसै विच तीन कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेवलमा कारोवार भयो । समग्र बजारमा आज करिव सात अर्बको कारोवार भएको छ ।
अब आइतवार मात्र बजार खुल्ने छ ।