काठमाण्डौ । लामो समयदेखि लागु भएको जोर विजोर प्रणाली शुक्रवारबाट हट्ने भएको छ ।
जिल्ला प्रशासन कार्यलयमा आज बसेको सरोकारवालाहरुको छलफलबाट जोर विजोर कायम गर्दा भिडभाड बढेको बताउदै यो नियम हटाउने सहमती भएको हो ।
यो सहमतीसँगै शुक्रवारबाट सबै सार्वजनिक सवारी सडकमा हिड्न पाउने छ । जोर विजोर हटे पनि स्वास्थ्य मापदण्ड भने पालना गर्नु पर्ने नियम बनाइएको छ । कोरोना महामारीे काठमाण्डौमा विगत लामो समय देखि जोर विजोर नियम लागु गरिएको थियो ।
यो नियमले मजदुरलाई जिवन यापन गर्न समेत कठिनाइ भएको भन्दै चौतर्फि विरोध भएको थियो । सिमित रुपमा यातायता चल्दा सार्वजनिक सवारीमा निकै भिडभाड हुदै गइरहेको थियो ।