यातायात व्यवसायीले जोर विजोर प्रणाली उलंघन गर्ने

काठमाडौं–कोभिडको प्रकोप घट्दै गएको भए पनि सरकारले सवारी साधन सञ्चालन गर्न जोर विजोर प्रणाली कायम राखेपछि यातायात व्यवसायीहरुले त्यसको उलंघन गर्ने भएका छन् । यातायात व्यवसायीले शुक्रबारदेखि जोरविजोर प्रणाली नमानी सबै सवारी साधन चलाउने निर्णय गरेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको संयुक्त बैठकले यस्तो निर्णय गरेका हुन् ।

देशभरका व्यवसायीहरुलाई सबै सवारीसाधन संचालन गर्न अनुरोध गर्ने निर्णय गरेको महासंघले जनाएको छ । कोरोना भइरस फैलिएपछि सरकारले २०७६ चैत ११ गते देखि लक डाउन जारी गरेपछि यातायातका साधान रोकिए । तग असोज १ गतेदेखि खुकुलो बनाउँदै सार्वजनिक सवारीसाधन संचालन भएपनि जोरविजोर प्रणालीमा कायम राखेको थियो ।

जोरविजोर प्रणालीमा सवारीसाधन संचालन हुँदा सवारी सङख्यामा कमी हुने जोखिम बढ्ने यातायात व्यवसायीले बताएका छन् । लामो समय सवारी साधन नचलाउँदा व्यवसायी पनि समस्यामा परेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय