चीनको नयाँ वैज्ञानिक चमत्कार, चन्द्रमाको चट्टान र धुलो लिएर पृथ्वीमा ल्यायो

काठमाडौँ– चीनको एक अन्तरिक्ष यानले चन्द्रमाको चट्टान र धुलो लिएर पृथ्वीमा फर्किएको छ । चाङ्ग–अ फाइभ अभियान अन्तर्गत अन्तरिक्ष यान बिहीवार स्थानीय समय अनुसार १ः३० बजे भित्री मङ्गोलिया क्षेत्रमा अवतरण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

चन्द्रमाबाट ल्याइएका नयाँ नमुनाले पृथ्वीको उपग्रह र चन्द्रमाको भूगर्भबारे ताजा जानकारीहरू प्रदान गर्ने अपेक्षा गरिएको छ ।

चन्द्रमाको सतहमा अवतरण गरेको अन्तरिक्ष यानको ल्यान्डर भनिने भागले त्यहाँ वरपरको क्षेत्र अवलोकन गरेर अनि सामग्रीहरू सङ्कलन गरेको थियो ।
ल्यान्डरले भुइँबाट चट्टान वा धूलो उठाएका हो । यसलार्य चीनको अन्तरिक्षमा बढ्दो क्षमताको रुपमा हेरिएको छ । अमेरिकी एपोलो अन्तरिक्षयात्री र सोभियत रोबोटिक लुना अभियानहरूले चन्द्रमाको सतहको जम्मा ४०० किलो सामग्री सङ्कलन गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय