काठमाण्डौ । नगदेबालीका रुपमा लिइने उखु खरिद गरि किसानलाई पैसा नतिर्ने मध्यका अन्नपुर्णा र इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवालविरुद्ध प्रहरीमा उजुरी परेको छ । योसँगै उनलाई पक्राउको तयारी गरिएको छ ।
सर्लाहीका प्रहरी प्रमुस एसपी सन्तोषसिँह राठौरले दिएको जानकारी अनुसार उनी काठमाण्डौमा बस्दै आएका छन । उनीविरुद्ध किसानहरुले उजुरी दिएका छन । अग्रवालको कम्पनीले किसानको करोडौ रकम तिर्न बाँकी रहेको छ । किसानले आफ्नो पैसा भुक्तानीको माग गर्दै एक साता देखि काठमाण्डौमा आन्दोलन गरिरहेका छन । तर उनीहरुको माग सम्बोधन हुन सकेको छैन ।
सरकारले पैसा नतिर्ने चिनी मिल सञ्चालकलाई कारवार्ही गर्न अनुमती दिइसकेको छ ।