काठमाडौं–प्रभु लाइफ इन्स्योरेन्सले निष्काशन गरेको आईपीओ भर्ने आज अन्तिम दिन हो । गत २९गतेबाट आह्वान गरेको आईपीओमा तीन दिनमा नै नौ लाख आवेदन गरेका थिए ।े बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार पुष २ गतेसम्म आईपीओ भने अन्तिम मिति तोकिएको हो ।
प्रभुको आईपीओमा नयाँ रेकर्ड कायम भएको छ । आवेदन खुलेको तीन दिनमै ९ लाखले आवेदन गरेका छन् । बुधबार साँझ ५ बजेसम्ममा ८ लाख ९२ हजार ८५४ वटा आवेदन मार्फत २ अर्ब ४८ करोड १६ लाख ६७ हजार रुपैयाँ बराबरको २ करोड ४८ लाख १६ हजार ६७० कित्ता शेयर माग गरेर आवेदन दिएका छन् ।
गत २९ गतेबाट प्रभुको आईपीओ खुलेको थियो । कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गरेको हो ।
इन्स्योरेन्सले एक सय रुपैयाँं अंकित दरमा ६० लाख कित्ता सेयर ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामुहिक लागनीकोषहरुलाई दिनेछ । बाँकी ५४ लाख कित्ता सर्वसाधारणले पाउने छन् ।
न्यूनतम १० कित्ता अर्थात एक हजार रुपैयाँ देखि ५००० कित्ता अर्थात ५ लाख रुपैयाँसम्मको आवेदन गर्न सकिने छ । १० कित्ताकादरले बाँडफाँड गरिने नीति भएकाले १० कित्ता नै भर्दा उपयुक्त देखिन्छ ।
प्रभु इन्स्योरेन्सको पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ जारी गरेपछि कम्पनीको पुँजी दुई अर्ब रुपैयाँ पुग्नेछ प्रभु इन्स्योरेन्समा प्रभु ग्रुप १२ जना सहित १७४ जना संस्थापक सेयरधनी रहेका छन् । यसका प्रमुख संस्थागत सेयर धनीहरुमा प्रभु बैंक, सांग्रिला विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, प्रभु क्यापिटल र प्रभु इन्स्योरेन्स रहेका छन् ।