नेपाल सेवा र विन लघुवित्तको कारोवार रोक्का, यस्तो छ रोक्का हुनुको कारण

काठमाडौं । नेपाल सेवा लघुवित्त र विन लद्युवित्त एक आपसमा मर्जरमा जाने भएपछि नेप्सेमा कारोवार रोका भएको छ ।

दुई लघुवित्त यहि मंसिर ३० गते मर्जरमा जाने सम्बन्धी सम्झौताा हस्ताक्षर भएसँगै कारोवार रोकिएको हो । धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गरेर दोस्रो बजारमा कारोबार भइरहेको नेपाल सेवा लघुवित्त र धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गर्न बाँकी रहेको विन लघुवित्तले मर्जरमा जाने सहमति गरेका हुन् ।

सिन्धुपाल्चोकमा केन्द्रीय कार्यालय रहेको प्रदेश स्तरको नेपाल सेवा लघुवित्तको चुक्ता पुँजी ६ करोड १५ लाख रुपैयाँ छ । त्यस्तै धादिङमा केन्द्रीय कार्यालय रहेको प्रदेशस्तरकै विन लघुवित्तको चुक्ता पुँजी एक करोड ४६ लाख रुपैयाँ छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय