चन्द्रागिरी हिल्सको आईपीओ भर्ने आज अन्तिम दिन, कतिले आवेदन गरे ?

काठमाडौं–चन्द्रागिरी हिल्सले स्थानीयका लागि निष्कासन गरेको आईपीओमा आवेदन गर्ने आज अन्तिम दिन हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि बिक्रीमा ल्याएको ३ लाख ६ हजार ८१९ कित्ता शेयरको पुष १ (बुधबार)बाट बन्द हुँदैछ ।

चन्द्रागिरीको आइपीओमा मंगलबारसम्म ३ हजार ५ सय ५८ जना आवेदकबाट १३ करोड १५ लाख रुपैयाँ बराबरको १३ लाख १५ हजार कित्ता शेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

इच्छुक आवेदकले न्युनतम १० कित्ता देखि अधिकतम ३ हजार ६० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । मंसिर १७ गतेदेखि निष्काशन खुल्ला गरिएको थियो ।

पहिलो चरणको आईपीओमा आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नंम्बर ३, ४, ६ र ७ साविक थानकोट गाविसाका सम्पूर्ण वडा र साविक महदेवस्थान गाविसको वडा नं. ३, ४, ५, ६, ७, ८, एवं मकवनपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ९ र १० का नागरिकले मात्र आवेदन दिन पाउँछन् ।

कम्पनीले पहिलो चरणको शेयर बिक्रीपछि सर्वसाधारणमा दोश्रो चरणमा शेयर बिक्रीमा ल्याउनेछ । दोश्रो चरणमा जारी पूँजीको १० प्रतिशत अर्थात १५ लाख ३४ हजार ९१ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन हुनेछ । दोस्रो चरणको आइपिओका लागि मिति तय भएको छैन । छिट्टै आईपीओ निष्कासनको तयारी गरिरहेको छ ।

कम्पनीले सर्वसाधारण र स्थानीय बासिन्दाका लागि गरी कुल १८ करोड ४० लाख बराबरको १८ लाख ४० हजार ९१० कित्ता शेयर बिक्रीका लागि धितापत्र बोर्डबाट अनुमति पाएको थियो। आईपीओ जारीपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड पुग्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय