आईपीओ निकालेपछि माउन्टेन इनर्जीको आजबाट शेयर कारोबार खुल्यो

काठमाडौं– माउन्टेन इनर्जी नेपालको बुधबारदेखि शेयर कारोबार खुलेको छ । माउन्टेन इनर्जीको धितोपत्रको दोस्रो बजारमा कारोबार खुल्ला भएको हो ।

कम्पनीले मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक करोड ९६ लाख ८० हजार २७० कित्ता शेयर नेप्सेमा सूचीकृत गराएसँगै कारोबार खुल्ला भएको हो । कम्पनीको आईपीपो गोलाप्रथाबाट प्राप्त गरेका १ लाख ८३ हजार २६ जनाले आजदेखि ब्रोकर मार्फत आईपीओमा परेको शेयर बिक्री गर्न सक्नेछन् ।नेप्सेले कम्पनीको शेयर कारोबारका लागि एमइएन कारोबार संकेत दिएको छ । अब कम्पनीको यसै कारोबार सिम्बोलमा शेयर कारोबारमा आउनेछ ।

मंगलबार कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम ११४.११ रुपैयाँ देखि अधिकतम ३४४.४३ रुपैयाँ ओपनिङ्ग रेञ्ज तोकेको छ । स्पेस प्रिओपन सेसनमा यो कम्पनीको सेयर प्रतिकित्ता ३४४मा कारोबार भएको छ। कम्पनीले स्थानीय र सर्वसाधरणका लागि चुक्ता पूँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर सर्वसाधारणलाई १८ लाख ३० हजार २६५ कित्ता साधारण शेयर बाँडफाँड गरिएको थियो ।

प्रतिक्रिया