प्रधानमन्त्रीले आह्वान गरेको बैठकमा सभामुख सापकोटा गएनन्

काठमाडौं–नेकपा भित्रको विवाद संवैधानिक परिषदमा पनि देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको संवैधानिक परिषदको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटा गएनन् । सापकोटा अनुपस्थित भएपछि बैठकको कोरम पुगेन ।

नेकपाका अध्यक्ष पुष्पकलम दाहालले पार्टी भित्रको विवाद सुल्झिएपछि मात्र संवैधानिक परिषदको बैठक राखेर संवैधानिक नियुक्ति अघि बढाउनु पर्ने बताउँदै आएका थिए ।

बैठकमा प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा,विपक्षी दलका नेता शेरवहादुर देउवा,राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना उपस्थित छन् । बैठकमा कोरम पुग्न चार सदस्य उपस्थित हुनुपर्नेमा सापकोटा अनुपस्थित भएपछि अनौपचारिक रुपमा बैठक बसेको छ ।

सापकोटा नगएपछि संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको बैठक स्थगित भएको हो । उपसभामुख रिक्त रहेकाले बैठकमा सभामुखको उपस्थिति अनिवार्य छ ।

प्रतिक्रिया