कृषि विकास बैंकका सेयरधनीले बोनस सेयर पाउने

काठमाण्डौ–बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरेर साधारण सभाबाट धमाधम स्वीकृत गरेका छन् । त्यही क्रममा कृषि विकास बैंकले गत आर्थिक वर्षको लाभांशबाट १५ प्रतिशत बोनस सेयर दिने भएको छ ।

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले चुक्तापुँजीको कुल १५.७८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमा १५ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

प्रतिक्रिया