काठमाडौं - आफ्नो मौलिक सिर्जना मार्फत सबैको मन् जित्दै गइरहेका बहुमुखी प्रतिभाका धनी हेमन्त कान्छा रसाइलीको नयाँ गीत लाहुरे भर्खर मात्र सार्वजनिक भएको छ ।
पाका सर्जक राजकुमार बगरको दमदार शब्द संगीत रहेको सो गीतमा हेमन्तलाई आवाजमा सुनिता बुढाले साथ दिएको छन् । गीतको सम्पूर्ण पक्ष निकै दमदार छ भने टिकटकमा निकै भाइरल भएको छ ।
गीतको म्यूजिक भिडियो समेत निकै दमदार रहेको गीतमा विनोद भण्डारीले निर्देशन गरेका छन् भने सारिका केसी र गोविन्द पोखरेलको अभिनय रहेको छ ।