नेपालको मिनिरल वाटर विदेश निर्यात गर्ने तयारी

काठमाडौं–नेपालमा उत्पादन गरेको पिउने पानी विदेश निर्यात गर्ने तयारी भएको छ । यहाँको मिनिरल वाटर खाडी मुलुक संयुक्त अरब इमिरेट (युएई) पठाउने प्रक्रिया अघि बढेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार अरबसहित भारतमा पानी निर्यात गर्न दुई कम्पनीले इच्छा देखाएका छन् । नेपालको मिनिरल वाटरको विदेशी बजारमा माग भएकाले निर्यात गर्ने प्रक्रिया अघि बढको हो ।

निर्यात गर्ने उद्देस्यले रुद्र गङ्गा नेचुरल वाटर कम्पनीले रसुवा जिल्लाको हिमालय क्षेत्रबाट बगेर आउने स्प्रीङ पानी उत्पादन गर्दै आएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको गोसाइँकुण्ड नगरपालिका वडा न ६ मा प्लान्ट स्थापना गरेर कम्पनीले हिमालय क्षेत्रबाट बगेर आउने पानीको उत्पादन गर्दै आएको छ ।

जर्मन प्रविधि र चीन, भारत र जापानमा बनेका अत्याधुनिक मेसिनको प्रयोग गरेर अटोमेटिक रूपबाट पानीको उत्पादन गरेको छ । कम्पनीले दैनिक ५० हजार लिटर बोतल र ३ हजार जार प्राकृतिक स्प्रिङ वाटर उत्पादन गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया