निजी सवारी साधन दुर्घटनामा दुईको ज्यान गयो

काठमाडौं– काठमाडौंको चन्द्रागिरिमा निजी सवारी सवारी साधन दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–२ स्थित सडकमा ना २ क ३२३ नम्बरको निसान गाडी सोमबार अनियन्त्रित हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिन्धुली कमलामाई नगरपालिका–१ घर भएका २३ वर्षीय मनिष कार्की र सिन्धुली मरिनखोला गाउँपालिका–७ का २४ वर्षीय मानकुमार माझी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गाडी सडकदेखि २५० मिटर तल खसेको थियो । गाडीका चालक भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया