काठमाडौं– बहुराष्ट्रिय कम्पनी कोकाकोला राजस्व छलीको आरोपमा अनुसन्धानको दायरामा परेको छ । राजस्व अनुसन्धान विभागले कोकाकोला उत्पादन गर्ने कम्पनी बोटलर्स नेपाल लिमिटेडमा छापा मारेर अनुसन्धान अघि बढाएको हो ।
अर्बौं रुपैयाँ राजस्व छलेयको विभागको आशंका छ । विभागले कम्पनीबाट कम्युटरको हार्डडिस्क, ल्यापटप र कम्पनीसँग सम्बन्धित महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ । बोटलर्स नेपालले ठूलो परिमारणको सेयर बिक्री गर्न राजस्व छलेको विभाग स्रोतले बतायो ।
बोटलर्स नेपालको मूख्य स्वामित्व भएको दुबइस्थित कम्पनी कोकाककोला साउथ वेस्ट एशिया होल्डिङ्समार्फत् सेयर किनबेच भएको हो । नेपालको कम्पनीमा भएको सेयरको स्वामित्व अफ्रिकामा रहेको कम्पनी दि कोकाकोला बोटलिङ इन्भेष्टमेन्ट ग्रुपलाई बिक्री गरिएको छ । गोप्य सूचनाका आधारमा विभागले अनुसन्धान अघि बढाएको हो ।