कृषि मन्त्री भुसाल ज्यू उखु किसानको ९० करोड भुक्तानी कहिले ?

काठमाडौं–
सरकार बाहिर छँदा आफ्नै सरकार भए पनि जनता पक्षमा आवाज उठाएर प्रशंसा बटुल्ने गरेका नेकपाका नेता घनश्याम भुसाल आफै कृषि तथा पशुपक्षी विकास मन्त्री भए । भुसाल मन्त्री भएपछि आम किसान उत्साहित थिए । अब कृषि क्षेत्रका समस्या समााधन हुन्छन् ।

उखु किसानले लामो समयदेखि भुक्तानी नपाएपछि किसान अहिले काठमाडौंमा आन्दोलन सुरु गरेका छन् । ९० करोड रुपैयाँ बक्यौता रकम चिनी उद्योगीसँगबाट नपाएपछि विभिन्न जिल्लाका किसान राजधानीमा आएर आइतबारबाट आन्दोलन सुरु गरेका हुन् । उखु किसानको रकम नपाएपछि सरकारको आलोचना भएको छ । माइती घरमा भेला भएका किसानले ९० करोड भुक्तानी कहिले पाउछौं भन्दै प्रश्न गरेका थिए ।

किसानको रकम भुक्तानी गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहजीकरण गर्नुपर्छ । ६ वर्षदेखिको बक्यौता रकममा नपाएपछि किसानले राजधानीमा आएर मन्त्रीलाई ज्ञापन पत्र बुझाएर आन्दोलन गर्ने चेतावनी दिएका थिए । उद्योगीबाट भुक्तानी नपाउँदा त्यसको समन्वय गर्ने दायित्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको भए पनि कृषि मन्त्रालयको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहेको छ । सबैले आस गरेका कृषि मन्त्री भुसालले अपेक्षित रुपमा समन्वय गर्न नसकेको गुनासो आएको छ ।

रौतहटमा रहेको श्रीराम सुगर मिलको ३५ करोड रुपैयाँ, सर्लाहीको अन्नपूर्ण सुगर मिलको ३० करोड रुपैयाँ, महालक्ष्मी सुगर मिलको ६ करोड रुपैयाँ, नवलपरासीको लुम्बिनी चिनी मिलको १० करोड रुपैयाँ, इन्दिरा सुगर मिल नवलपरासीको आठ करोड र बागमती खाँडसरी चिनी मिलको ४० लाख रुपैयाँ बक्यौता बाँकी रहेको किसानले बताएका छन् ।

प्रतिक्रिया