फेरि उकालो लाग्दै सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार

काठमाडौंं - बुधवार सुनको वृद्धि भएको छ । साताको चौंथो कारोबार दिन नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ५ सय रुपैयाँले वृद्धि भएको हो ।

मंगलबार ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आजका लागि भने ९३ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुनको भाउ भने ९३ हजार १ सय रुपैयाँ कायम भएको छ । तेजावी सुन मंगलबार ९२ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै, उक्त दिन चाँदीको मूल्य पनि उकालो लागेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार २२५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया