सेयर कारोबारको ब्रोकर कमिसन घटाउने तयारी

काठमाडौं–सेयर कारोबार गर्ने ब्रोकर कम्पनीहरुले धेरै मार्जिन राखेको भन्दै कमिसन घटाउन लगानीकर्ताले दबाब दिएका छन् । ९० प्रतिशत सेयर किनबेच अनलाइनबाट हुन थालेपछि कमिसन घटाउन नेपाल धितो पत्र बोर्डलाई दबाब परेको हो ।

अनलाइनबाट कारोबार हुँदा ब्रोकरले धेरै कमिसन लिएको गुनासो आएपछि बोर्डले कमिसन घटाएर ०.२५ प्रतिशतमा झार्ने तयारी गरेको हो । ब्रोकरमार्फत नेप्सेमा जाने २० प्रतिशत कमिसनलाई व्यवस्थापन गर्न सके ०.२५ प्रतिशतमा झार्न सकिने बनाइएको छ । ५० हजार रुपैयाँदेखि एक करोड रुपैयाँ भन्दा माथिसम्मका लागि कारोबार अनुसार ०.४ देखि ०.६ प्रतिशतसम्म, ५० हजार रुपैयाँभन्दा कमको कारोबारमा प्रति कारोबार २५ रुपैयाँ शुल्क कमिसन तिर्नुपर्छ ।

यसका अतिरिक्त धितोपत्र बोर्डले प्रति कारोबार ०.०१५ प्रतिशत अतिरिक्त शुल्क पाउँछ । ब्रोकर कम्पनीले ग्राहकबाट उठाउने कमिसनमा धितोपत्र बोर्ड, नेप्से र सिडिएस एन्ड क्लियरिङ लिमिटेड सबैले भाग पाउँछन् । कमिसनबाट प्राप्त हुने रकम धितोपत्र बोर्डले ०.६ प्रतिशत, नेप्सेले २० प्रतिशत र सिडिएससीले १ प्रतिशत पाउँछन् ।

प्रतिक्रिया