काठमाडौं–नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । डिजेल तथा मट्टितेलमा दुई रुपैयाँ र पेट्रोलमा एक रुपैयाँले मूल्य बढेको छ । बढेको मूल्य हिजो राति (शनिबार राति १२ बज)ेदेखि लागू भएको छ ।
भारतीय आयल कर्पोरेशनले डिसेम्बर १ मा मूल्य बढाएर पठाएकाले मूल्य बढाउनु परेको आयल निगले जनाएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ पुगेको छ ।