देशभर आंशिक बदली, कोशी र गण्डकीमा भारी वर्षा हुने सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म कोशी र मधेश प्रदेशका तराई भू–भागमा हावाहुरीको सम्भावना रहेको जानकारी दिएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको र पश्चिम बङ्गाल तथा आसपासको न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशभर मनसुनी वायुको प्रभाव देखिएको छ।

आजको मौसममा कोशी, मधेश, बागमती, र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्छ।

महाशाखाका अनुसार कोशी प्रदेशको तराई भू–भागमा हावाहुरीको समेत सम्भावना छ। राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहन सक्ने र कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

आगामी दुई दिनमा पनि अधिकांश स्थानहरूमा मौसम बदली रहने, हल्कादेखि मध्यम वर्षा र मेघ गर्जनको सम्भावना छ। कोशी र मधेश प्रदेशका तराई क्षेत्रहरूमा हावाहुरीको प्रभाव देखिने बताइएको छ।

प्रतिक्रिया