उपप्रधानमन्त्री पोखरेलको दबाबमा पोखरेल एआइजीमा बढुवा

काठमाडौं¬सरकारले संसदीय समितिको निर्देशन अटेर गर्दै प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई उपप्रधानमन्त्री इश्वर पोखरेलको दबाबमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ । सत्तारुढ सांसदहरुको समेत विरोधका बाजबुत सरकारले एआइजीको दरबन्दी थपेर पोखरेललाई एआइजी बनाएको हो ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिले एआईजीको दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको थियो ।
मन्त्रिपरिषद् बैठकले पोखरेललाई बढुवा गर्दै कार्य एवं अपराध अनुसन्धान विभागमा पदस्थापन गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको दबावमा भावी महानिरीक्षकको एकल दाबेदार बनाउने गरी बढुवा गरिएको हो ।
उनकै लागि भनेर सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई समेत थाहै नदिइ एउटा एआईजीको दरबन्दी थपेको थियो ।

प्रतिक्रिया