गायक राजन कार्कीको आजै भैयो भेट,अझै माया नमेट सार्वजनिक

काठमाण्डौ । करिव एक दर्जन कलाकारहरुको दुरुस्त आवाज निकालेर गीत गाउन सक्ने गायक तथा सर्जक राजन कार्कीको नयाँ गीत आजै भैयो भेट भर्खर मात्र सार्वजनिक भएको छ ।

माया प्रेमलाई विषय बनाई तयार पारिएको निकै उत्कृष्ट सो गीतमा राजन कार्की र कमला पोखरलेको आवाज रहेको छ ।

राजन कार्कीको आफ्नै लय तथा शब्द सिर्जना रहेको सो गीत सार्वजनिक भए पछि आर्थिक सन्देशसँग कुरा गर्दै गायक कार्कीले आफुलाई नेपाली स्रोता दर्शकबाट अत्यन्तै माया मिल्दै आएको बताउदै यो गीतलाई पनि सबैले माया गरिदिनेमा आफुहरु आशावादी रहेको बताउनु भयो ।

होम गुरुङको उत्कृष्ट निर्देशन रहेको सो गीतमा राजन कार्की र समिता अधिकारीको अभिनय समेत देख्न सकिन्छ । गीतलाई राजन कार्कीको युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया