कानको सुन चोर्न युवतीलेनै गरिन ६ वर्षीया बालिकाको विभत्स हत्या

काठमाडौँ -कानमा लगाएको सानो सुनको लोभमा एक युवतीले ६ वर्षीया बालिकाको अपहरणपछि विभत्स हत्या गरेकी छन ।

घटना हो रसुवा कालिका गाउँपालिका १ फैलिगाङको । ६ वर्षीया सुमिना तामाङको हत्या भएको हो । उनी मंसिर २१ गते देखि हराइरहेकी थिइन । विद्यालय गएकी बालिका नफिर्किएपछि प्रहरीमा खोजिका लागी उजुरी दिइएको थियो ।

प्रहरीको निवेदनको आधारमा खोजी गर्दा सोहि गाँउपालिकाको नागुर्दुङको भीरको ओढारमा शव फेला परेको थियो । बालिकाको अपहरणपछि हत्या गरेको अभियोगमा प्रहरीले नुवाकोटकी किस्पाङ गाउँपालिकाकी १९ वर्षीया सपना तामाङलाई पक्राउ गरेको छ । सपनाले आफुले हत्या गरेको स्विकार गरेकी छन

बालिकाले लगाएको सुनको मुन्द्रा चोरी गर्ने उद्देश्यले सपनाले अपहरण गरी एकान्त ठाउँमा लगेर घाँटीमा डोरीले कसी क्रुर तरिकाले हत्या गरी लुकाइछिपाइ राखेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया