करिव अर्धसतकले घट्यो नेप्से,अधिकांस शेयर धनिले गुमाए

यो साता नेप्सेको लागी खासै राम्रो साता हुन सकेन । आइतवार देखि ओरालो लागेको नेप्से सोमवार केहि सम्हालिए पनि मंगलबार र आज बुधवार पनि करिव अर्थ सतकले घटेको छ ।

आज कारोवार भएका अधिकाँस सेयर धनिहरुले गुमाएका छन भने केहि कम्पनीहरुको शेयर मूल्य मात्र बढेको छ । आज नेप्से करिव ४० अंकले घटेको छ भने हिजोको तुलनामा कारोवार रकम पनि घटेको छ । आज करिव पाँच अर्व हाराहारीको कारोवार भएको छ । यो २ सय १ कम्पनीको भएको कारोवार हो ।

नेप्से घटे पनि दुई कम्पनीको शेयर मूल्यमा सकारत्मक सर्किट लागेको छ । नारायणी विकास बैक र सन्जेल जलविद्युत कम्पनीका सेयर मूल्यमा दश प्रतिशतको हाराहारीमा सेयर मूल्य बृद्धि भएको छ ।

आज कारोवार भएका मध्य ३२ कम्पनीहरुले कमाए भने १ सय ३६ कम्पनीका लगानीकर्ताले गुमाए ।

प्रतिक्रिया