काठमाण्डौ । प्रधामन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको पालामा भ्रष्टाचार न्युनिकणको लागी प्रभावकी काम भएको जिकिर गर्नुभएको छ ।
विश्व भ्रष्टार विरुद्धको अन्तर्राष्ट्रियको अवसरमा बोल्दै ओलीले सो कुरा बताउनु भएको हो । संयुक्त राष्ट्रसंघको आग्रहमा हरेक डिसेम्बर ९ का दिन विश्वभर यो अभियान दिवसको रुपमा मनाइदै आइएको छ ।
सोहि दिवको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भष्ट्राचार हुनै नदिनु सरकारको प्राथमिकता भएको बताउनु भएको हो । दिवसको अवसरमा सन्देश दिँदै उनले कोभिड–१९ को महामारीलाई पार गरी यसको असर न्यूनीकरण गर्दै सामान्य लयमा फर्किन स्वच्छ, सुशासनयुक्त आचरण व्यवहार काम गर्नैपर्नेमा जोड दिइएको छ ।
ओलीले साना ठुला जस्तोसुकै भ्रष्टाचारका अपराध माफि नहुने समेत बताउनु भयो । नेपालमा विगत दुई वर्षमा सुशासन कायम गर्न राम्रा प्रयास र अभ्यासको थालनी गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले भ्रष्टाचार गर्ने प्रवृत्ति धेरैै हदसम्म ओरालो बताउनु भयो ।