बैंक अफ काठमाण्डूको ऋणपत्र खुल्यो, आजदेखी आवेदन दिन सकिने

काठमाण्डौ । बैंक अफ काठमाण्डौको बार्षिक ८।५ प्रतिशत ब्याज दिने गरि १ अर्व ६० करोड रुपैयाँको ऋणपत्र बुधवार देखि सार्वजनिक गरेको छ ।

प्रति कित्ता एक हजार अंकित मूल्य भएको सो १६ लाख कित्ता ऋणपत्र निस्कासन गरेको हो । सो ऋणपत्रमा ९ लाख ६० हजार कित्ताको लागी ब्यक्तिगत र बाँकी ६ लाख ४० हजार कित्ताको लागी र्ससाधाणकोका लागी निष्कासन गरेको छ ।

आवेदकले न्युनतम २५ कित्ता आवेदन दिनै पर्ने हुन्छ भने अधिकतम ३ लाख कित्ता सम्म आवेदन दिन सकिने छ ।

१० वर्ष अवधि रहेको सो ऋणपत्रमा बैंकले वार्षिक ८।५ प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्नेछ।

प्रतिक्रिया