नेपालमा कोरोना विरुद्धको खोप चिन र भारतबाट ल्याइने तर कहिले आँउछ त ?

काठमाण्डौ । बेलायतले आफ्ना नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन सुरु गरेसँगै यस विषयमा निकै चर्चा सूरु भएको छ । बेलायत पछि रुस आफ्ना नागरिकलाई खोप लगाउन अर्को देशको रुचिमा परेको छ ।

खोपको आविश्कार भएसँगै नेपालमा पनि यसको चर्चा चुलिन थालेको छ । यसै विच सरकारले नेपालको लागी भारत र चीनबाट खोप ल्याउने तयारी गरेको छ ।
कोरोनाविरुद्धको खोपको तेस्रो तथा अन्तिम चरणको परीक्षण सफल हुनासाथ भारत र चीनबाट खोप ल्याउने तयारी गरिएको हो । दुई छिमेकी देशबाट खोप ल्याउँदा २० प्रतिशत खोप निशुल्क प्राप्त हुनेछ ।

अमेरिकी कम्पनी फाइजरले बनाएको खोप आपतकालीन प्रयोग गर्न खोजेपनि नेपालले स्विकृति दिएको थिएन। सो कम्पनीले बनाएको खोप धेरै महंगो र भण्डारणमा समेत समस्या पर्ने देखिएकाले अब नेपालमा भारत र चीननिर्मित खोप उपयुक्त हुने सरोकारवालाको जिकिर छ ।

प्रतिक्रिया