कृष्ण सापकोटाको उत्कृष्ट शब्दमा रोशनलाई झेउ लाउन थाले पछि – भिडियो सहित

काठमाण्डौ । सफल सिर्जनामा सहकार्य गरेको जोडी भित्र पर्दछ कृष्ण सापकोटा र राेशन गैरेको जोडी ।

उनीहरुको फेरी नयाँ सहकार्यमा नयाँ गीत भर्खर मात्र सार्वजनिक भएको छ । निकै रमाइलो र उत्कृष्ट सो गीत झेउ लाउनेमा कृष्ण सापकोटाले निकै चोटिला शब्द सिर्जना गरेका छन । शब्दलाई मिल्ने सुमधुर लय रोशन आफैले भरेहेका छन । गीतले माया प्रेम गर्दै गरेका प्रेमीहरुको रमाइलो पललाई गीत र भिडियोमा कैद गरेका छन ।

राशिका डिजिटलको प्रस्तुती रहेको सो गीतमा रोशन र एलिना सापकोटाले दमदार आवाज दिएका छन । गीतलाई रोशनले उत्कृष्ट निर्देशन सहित आफैले अभिनय समेत गरेका छन उनलाई अभिनयमा करिश्मा ढकालले साथ दिएकी छन । अभिनयमा याे जाेडीलाइ दर्शकले निकै मन पराइरहेका छन ।

रोशनले यस अगाडी रौइला र वियोगान्त गीत मार्फत दर्शक माझ आफ्नो परिचय बनाइसकेका छन । उनका करिव एक दर्जन उत्कृष्ट गीतहरु सार्वजनिक भइसकेका छन । सो गीतको आर्थिक सन्देश मिडिया पार्टनर समेत हो ।

गीतको पुर्ण सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी

प्रतिक्रिया