दिनैभरी नेप्सेमा उतार चडाव, ९ अंकको गिरावटसँगै बजार बन्द

काठमाण्डौ । सेयर बजारमा आज अनौठो दृश्य देख्न पाइयो । दिनभरि नेप्से तलमाथी तलमाथी हुँदै अन्त्यमा ९ अंकको गिरावटसँगै बजार बन्द भएको छ ।

आज नेप्समो अंकको गिरावट आएको छ । आज कारोवार भएका दुई सय भन्दा धेरै कम्पनीहरुमा धेरै सेयरसदस्यहरुले गुमाए भने सिमित सेयर धनिहरुले मात्र कमाए । हिजोको तुलनामा कारोवार रकममा पनि ह्रास आएको छ । आज ६ अर्व हाराहारीको कारोवार भएको छ ।

नेप्सेका अधिकांस सूचकहरुमा आज रातो पोतीयो । विगतमा जस्तै मंगलबार पनि नेपाल पुनर्विमा कम्पनीको सेयरको सबै भन्दा धेरै कारोवार भयो । आज यो कम्पनीको पनि शेयर मूल्य घटेको छ । आज ४ कम्पनीहरुको कारोवार मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज युनिलिभर नेपालका सेयर धनिले सबै भन्दा धेरै गुमाएका छन ।

प्रतिक्रिया