काठमाण्डौ । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई सार्वजनिक भएको छ । सगरमाथाको उचाई पहिलाको भन्दा ८६ सेन्टिमिटर बढेको छ ।
दुवै देशका उच्च प्रतिनिधिहरुले आज एक कार्यक्रमका विच नयाँ उचाई सार्वजनिक गरिएको छ । अव सगरमाथाको उचाई ८८४८।८६ मिटर पुगको नापी विभागले जनाएको छ । सगरमाथाको उचाइ मापन भने दुवै देशले छुट्टाछुट्टै गरेका थिए ।
१० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई उचाइ सार्वजनिक गर्न स्वीकृति दिएको थियो ।यसअघिको उचाइ ८८४८ मिटर सन् १९५४ सर्वे अफ इन्डियाले नापेको हो ।