अब सेयर आवेदन दिन झन सजिलो,मेरो सेयरको मोवाइल एपमै सेवा थप हुने

काठमाण्डौ । पछिल्लो समय नेपाली लगानी क्षेत्रमा नयाँ लगानीकर्ताहरुको तिब्र आगमनसँगै यसलाई सरलीकरण समेत गरिँदै छ ।

बैकमा घण्टौं लाइन बसेर सेयरको आवेदन दिने दिनबाट अहिले मोवाइलबाटै आवेदन दिन सक्ने अबस्था आइसकेको छ । सेयर किनबेच घरै बसिबसि गर्न सकिने ब्यवस्था आएसँगै मेरो सेयरको मोवाइल एप पनि सार्वजनिक भयो । मोवाइल एपमा केहि समस्या भए पनि ओएभ प्रविधि भन्दा यो निकै सजिलो भएको प्रयोगकर्ताको प्रतिक्रिया छ ।

मोवाइल एप सार्वजनिक गरे पनि सिडिएसले एपबाट सेयर आवेदन दिन सक्ने ब्यवस्था भने राख्न सकेको थिएन । तर अब भने एपबाटै सो सुविधा ल्याउने तयारीमा रहेको सिडिएसले जनाएको छ ।

सिडीएसका प्रवक्ता सुरेश न्यौपानेले यहि सातामै एपमा सीआस्वा सेवा थप गर्न लागिएको जानकारी दिए । सो सेवा थप भएपछि लगानीकर्ताहरुले एपबाटै आइपिओ आवेदन दिन सक्ने छन ।

प्रतिक्रिया