प्रि-ओपन सेसनमा ३० प्रतिशतले बढ्यो नेप्से

काठमाण्डौ । आइतवार पहिलो आएको नेप्से सोवमारबाट सम्हालियो । यस्तै मंगलबार प्रिओपन सेसनमा नेप्सेले राम्रो संकेत देखाएको छ ।

कारोवारको तेस्रो दिन प्रिओपन सेसनमा नेप्से करिव ३० अंकले बढेको छ । यो अवधिमा कारोवार भएका प्राय सबै शेयरको मूल्य बढेको छ । ३९ कम्पनीको शेयर कारोवार भएकोमा ३५ कम्पनीका शेयर मूल्य बेद्धि भएको छ भने १ कम्पनीको मूल्य घेटेको छ ।

आज साना किसान विकास बैकको सबै भन्दा धेरै कारोवार भएको छ । तीन कम्पनीको शेयर मूल्यमा कुनै परिर्वतन भएको छैन । यो सेसनमा ३३ करोड भन्दा धेरैको कारोवार भएको छ । अहिले रेगुलर सेसनमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया